Only-in-Japan pepsi

१३ चैत्र। विश्वव्यापीकरणको यो युगमा कुनै एक ठाउँमा मात्र पाइने सामान कमै होला । अझ पेप्सी त विश्वभर नै पाइन्छ । तर पेप्सीका केही स्वादहरु    यस्ता छन् जुन जापानमा मात्र पाइन्छ ।पेप्सी आइस क्युकम्बरः साँचैको काँक्रोको रस नराखिएको यो काँक्रोको स्वादको पेप्सी २००९मा बजारमा आएको थियो तर यो धेरै समय बजारमा रहेन । कम्पनीले २०१६को गर्मीमा फेरी बजारमा उपलब्ध गराउन लागेको छ ।

पेप्सी पिङ्क कोलाः दुध भन्दा कार्बोनेटेड पेय पर्दाथ मन पराउने बच्चाहरुको लागि यो पेप्सी उपयोगी हुन्छ । स्ट्रबेरी–दुधको स्वाद रहेको यो पेप्सीलाई बच्चाहरुले मन पराउँछन् तर यसमा दुधको मात्रा पाइदैन ।

एजुकी पेप्सीः २००९मा बजारमा उपलब्ध भएको यो स्वादको पेप्सीको विरोध भएको थियो । एसियामा प्रयोग हुने एजुकी सिमीको डेजर्ट बनाउने रेसिपिको प्रयोग नगरिएकाले यसको बिरोध गरिएको हो ।

पेप्सी साल्टी वाटरमेलनः गर्मीको समयमा खरबुजा, त्यसमा पनि नुन छर्किएर एकदमै स्वादिलो हुन्छ । यो स्वाद दिएर तयार गरिएको पेप्सी जापानिजहरुको रोजाइमा पर्ने गरेको छ ।

पेप्सी ब्लु हवाइः कागती र भूँइकटहरको स्वाद मिसाएर बनाइएको यो पेप्सी सन् २००८मा बजारमा उपलब्ध भएको थियो ।

पेप्सी बेयबाबः अफ्रिका र अस्ट्रेलियामा पाइने बेयबाबको सुकेको फलकोे धुलोबाट बनाइएको यो पेप्सीको स्वाद अमिलो र पर्प¥याउने खालको छ । पौष्टिक मात्रा भएको यो मात्र सोडा ब्राण्ड जापानमा पाइन्छ ।

पेप्सी स्ट्रोङ : स्ट्रोङ पेप्सीमा सामान्य पेप्सीमा भन्दा बढी मात्रामा क्याफिनको प्रयोग भएको छ । सर्बाधिक रुचाइएको यो पेप्सीको टोकियोमा पेप्सी सोट बार नै खोलिएको छ ।

पेप्सी ह्वाइटः गत बर्ष मात्र जापानि बजारमा यो स्वादको पेप्सी उपलब्ध गराइएको थियो । सुन्तलाको स्वादमा भए पनि यो पेप्सीको रङ सादा छ ।नेपालसंदेशबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia