Abdul-Rahman-Mustafa-al-Qaduli atankbadi

१३ चैत्र, एजेन्सी । इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट आईएसका दोस्रो तहका कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दाबी गरेको छ ।

सिरियामा गरिएको सैन्य कारबाहीका क्रममा उनीसँगै अन्य तीन जना पनि मारिएको अमेरिकी रक्षा मन्त्रीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।आईएसविरुद्धको कारबाहीमा सिरिया र इराकमा अमेरिकी सेनाले महत्वपूर्ण सफलता हासिल गरेको पनि उनले बताएका छन् ।

हाजी इमानको नामले चिनिने उनी इराकमा जन्मिएका टर्किस मुलका नागरिक हुन् । अमेरिकाले उनको टाउकाको मूल्य ७० हजार डलर तोकेको थियो ।यसअघि इस्लामिक संगठन अलकायदामा रहेका उनी सन् २०१२ मा जेलबाट छुटेपछि सिरियामा आईएसमा सामेल भएका थिए ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia