तेज बन / इटहरी १६ असोज – सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले शनिबार सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा गाडेको हो । यस अघी पार्टीले सुनसरीको धरान स्थित भानुचौकमा झण्डा गाडेको थियो ।

अरुणपुर्वको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषणा गरीनु पर्ने माग गर्दै बिभिन्न चरणबद्ध आन्दोलन समेत गर्दै आएको पार्टीले शनिवार लिम्बुवान सडक कब्जा अन्तरगत सुनसरीको इटहरीमा झण्डा गाडेको सो पार्टीले जनाएको छ ।

इटहरीमा मात्रै नभएर लिम्बुवान क्षेत्र सबै जिल्लाहरुमा पार्टीको झण्डा रहने संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताए । उन्ले सुनसरी , मोरङ्ग , र झापा लिम्बुवान राज्यभित्र पर्ने हुदा यि तिन जिल्लालाई अलग्याउने कोशिस गरे सरकार बिरुद्ध बिद्रोह गर्ने चेतावनी समेत दिएका छन ।

@purbelinews.comJhanda-430x336

तपाईको प्रतिक्रिया

trusted online casino malaysia