१० चैत्र, काठमाडौं । सन् २०१७ का लागि कोरियामा काम गर्न जाने कामदारहरुका लागि लिईने कोरियन भाषाको परिक्षा आउँदो असार महिनाको पहिलो हप्तामा गर्न तयारी सुरु भएको छ ।

श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार अबको दुई हप्ता भित्र परीक्षाको मिति तय गरिने जनाईएको छ ।
नेपालको तर्फबाट भदौमा नै परिक्षा लिने निर्णय गरे पनि कोरियाले नेपाल सरकारलाई असारमै परिक्षा गर्न आग्रह गरेको थियो ।

त्यसका लागि कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) ले असारमा नै परीक्षा लिईसक्नुपर्ने भन्दै इपीएस कोरिया शाखालाई पत्र लेखेको थियो ।
त्यसकारण श्रम मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले बैशाखको दोस्रो हप्तामा परीक्षाको आवेदन माग गर्ने जनाएको छ ।
नेपाल सरकारले भाषा परिक्षाका लागि अनलाईन फर्म भर्ने भनिए पनि असारमा नै परिक्षा लिईने भएको हुँदा यसपटक पनि आवेदन भर्नेहरुले लाईनमा नै बसेर फर्म भर्न पर्ने जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia