Brusselsattacks

९ चैत्र, काठमाडौं ।  ब्रसेल्समा भएको श्रृंखलाबद्ध वम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन ISIS ले लिएको छ । सो घटनामा बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्वीर सार्बजनिक पनि गरिएको छ ।वम विष्फोटबाट हालसम्म २६ जनाको मृत्यु भईसकेको छ भने ३५ जना घाइते भएका छन् ।
वम विष्फोटमा संलग्न भएको भन्दै नाजिम लाचराउ र मोहम्मद अबरिनीको तस्वीर सार्बजनिक गरिएको छ । उनीहरु पेरिस आक्रमणमा पनि संलग्न रहेको बताइएको छ ।
ब्रसेल्सको जेबनटेम हवाइ अड्डामा दुई ठूला बिष्फोट भएका थिए । त्यसपछि युरोपियन युनियनको कार्यालय नजिकै रहेको मेट्रो स्टेसनमा पनि बिष्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia