kashmir attack५ चैत्र, श्रीनगर । भारत अधिनस्थ काश्मिरमा दुई भारतीय आतङ्ककारी मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीनगर सहरबाट ९० किलोमिटर उत्तरपश्चिमी कुपवारा जिल्लाको एक गाउँमा ती आतङ्ककारी मारिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले सुरु गरेको कारबाहीमा दुई आतङ्ककारी मारिएका र अझै पनि कारबाही जारी रहेको बताइएको छ ।

सशस्त्र हतियारधारीले आक्रमण गरेपछि दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको भारतीय सेनाका प्रवक्ता एनएन जोसीले जानकारी दिनुभएको छ । भारतको नियन्त्रणमा रहेको काश्मिरमा आतङ्ककारी र सुरक्षाबलबीच सन् १९८९ देखि गुरिल्ला युद्ध सुरु भएको पाइन्छ ।

काश्मिरको हिमालय क्षेत्र भारत र पाकिस्तानबीच बाडिएकोले दुबै देशले आ–आफनो पूर्ण नियन्त्रण रहेको दावीगर्दै आएका छन् । सन् १९४७ मा बेलायतबाट भारत र पाकिस्तान दुवै स्वतन्त्र भएपछि यी दुई देशबीच तीन पटक युद्ध भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia