isis yaun3

एजेन्सी । संसारमा भइरहेको विभिन्न आतंकवादी गतिविधिहरु मध्ये एकको रुपमा लिइन्छ इस्लामिक धार्मिक अतिवादीहरुद्धारा सञ्चालित युद्ध । विश्लेषकहरुले आईएसआईएसलाई अमेरिकाले नै जन्म दिएको बताएका छन् । तीनै धार्मिक अतिवादी समूह भित्र महिलाहरुमाथि भएको ददर्नाक घटनाहरु बेला बेला बाहिर आउने गरेको छ ।

मानिसले पाउने जन्मसिद्ध अधिकारको समेत धज्जी उठाउँदै उनीहरुले बर्बरताको यात्रा कायम राखेका छन् । यसैबीच आईएसआईएस भित्र चरम योन शोषणको दर्दनाक घटना सार्वजनिक भएको छ । उनीहरुले यौनदासीहरुलाई वर्गनिरोधक चक्की खान लगाउने तथ्य सार्वजनिक भएको छ । उनीहरुले गर्भ रोक्नकालागि पिल्सदेखि विभिन्न प्रकारका सूईको प्रयोग गर्ने गरेको समाचारमा उल्लेख छ ।

isis yaun2

न्यूयोर्क टाइम्सका अनुसार गर्भ बसि हाल्यो भने उनीहरुले जवरजस्ती गर्भपतन गराउने गरेको समाचारमा उल्लेख छ । गर्भ बस्यो भने उनले त्यही महिलालाई स्विकार्नु पर्ने र अर्को मानिसलाई यौनदासी बनाई महिला बेच्न नपाउने र आफूले अर्को भोग गर्न नपाउने भएकाले यस्तो गरिएको समाचारमा उल्लेख छ ।

यसरी आईएसआईएसको कब्जामा परेर नारकीय जीवन बिताउने महिलाहरु मध्ये यजीदी महिलाहरु धेरै छन् । यजीदीहरु सुन्नी मुसलमानहरुले हत्या गर्न थालेपछि इराकबाट ज्यान बचाउन भागेको एक समुदाय हो । उनीहरु ५० देखि १ लाखको संख्यामा उत्तर पश्चिमी इराकको पहाडतिर शरणलिएर बसेका छन् । ती समुदायका महिलाहरुलाई जबरजस्ती अपहरण गरि आईएस आईएसले यौनदाषी बनाउने गरेका छन् ।

isis yaun

न्यूयोर्क टाइम्सले आईएस आईएसको कब्जाबाट भाग्न सफल तीन दर्जन महिलाहरुसँग लिइएको कुराकानी सार्वजनिक गरेको छ।
ती महिलाहरुले आफूहरुमाथि यौनशोषण भएको र एक मालिकबाट कयौं मालिकमा बेचिएको बताएकी छिन् ।

ती महिला मध्ये सबीहा परवीन (परिवर्तित नाम) ले “आईएसआईएस भित्र यौनदासी भइसकेपछि बर्बर तरिकाले यौनशोषण भाेग्नु परेको बताईन् ।

isis yaun1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia