usa-student-430x316३ चैत्र, एजेन्सी। उत्तर कोरियामा  अमेरिकी विद्यार्थी ओटो वार्मबिअरलाई राज्यविरुद्धको अपराधको आरोपमा १५ वर्षसम्म कडा श्रम गर्ने सजाय सुनाइएको छ ।

उनलाई गत जनवरीमा उत्तर कोरियाको भ्रमणमा पुगेका वार्मबिअरलाई होटलबाट प्रोपोगण्डा साईन (Propaganda sign) चोर्न प्रयास गर्दागर्दै पक्राउ गरिएको थियो ।

भर्जिनिया विश्वविद्यालयका विद्यार्थी २१ वर्षीय वार्मबिअर गत जनवरी २ मा पक्राउ परेका थिए । उनीमाथि ‘कोरियाको राष्ट्रिय एकता ध्वस्त पार्न खोजेको’ आरोप लगाउँदै अमेरिकी सरकारबाट परिचालित रहेको आरोप लगाइएको छ ।

उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यममा उपस्थित हुँदै उनले चोरी गरेको स्वीकार गरेका थिए । कोरिया भ्रमणको चिनोको रुपमा उनले उक्त चिन्ह लान खोजेको बताएका थिए । आँखाभरि आँशु लिएर पत्रकार सम्मेलनमा आएका उनले ‘आफ्नो जीवनको सबैभन्दा ठूलो भूल’ भएको बताएका थिए ।ओटोले याङगाक्डो अन्तर्राष्ट्रिय होटलमा चोरी गर्ने प्रयास गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia