airport bidesh

३ चैत, काठमाडौं । बैदेशिक रोजगारमा जानेहरुलाई ठगेको भन्दै प्रहरीले गरेको म्यानपावर छापाको बिरोधमा उत्रिएका म्यानपावरहरु अझै आन्दोलनमा छन् । उनीहरु सरकारले बैदेशिक रोजगार ब्यबसायलाई सरकारले बिभिन्न बहानामा धराशायी बनाउन आँटेको आरोप लगाई आन्दोलनमा उत्रिएका हुन् ।

ब्यबसायीहरुको लामो आन्दोलनका कारण यतिखेर बैदेशिक रोजगारीमा जाने युवाहरु बिचल्लीमा परेका छन् । गत फागुन २२ गतेदेखिको म्यानपावर बन्दको कारण म्यानपावरहरु नखुल्दा भिषा लागेका तथा विदेश जान भनि काठमाडौँ आएका युवाहरु यतिखेर म्यानपावर कहिले खुल्ने भन्ने अनिश्चिततामा छन् । विदेश जाने तयारीमा रहेका कतिपय युवाहरुले म्यानपावरलाई पैसा समेत बुझाएको बताउँछन् भने कतिपयको भिषा लागे-नलागेको जानकारी पाउन सकिएको छैन ।

रोजगारीको लागि यस अघिनै विदेश पुगीसक्नुपर्ने मिति तोकिएकाहरु समेत म्यानपावर कहिले खुल्ला र विदेश जान पाइएला भन्ने आशामा काठमाडौँमै भौतारिएर बस्नुपरेको अवस्था छ । म्यानपावर बन्द भएपछि श्रम स्वीकृति लिईसकेका तर उड्न बाँकी रहेका र भीसाको प्रक्रियाका लागि पासपोर्ट र केही रकम बुझाइसकेका कामदार बिभिन्न समस्यामा परेका छन् ।

म्यानपावरहरुले कामदारनै पठाउन छाडेर आन्दोलन थालेपछि यतिखेर सम्बन्धित निकायहरु बार्तामा छन् । प्रहरी धरपकडको विरुद्ध आन्दोलनमा उत्रिएका म्यानपावर सन्चालकहरुले आफ्नो ब्यबसाय जोगाउन बिभिन्न माग तेस्र्याएपछी झनै समस्या थपिएको छ ।

के छ म्यानपावरको नयाँ माग ?

यसअघि म्यानपावर सञ्चालक र श्रम तथा रोजगार मन्त्रालयबीच विदेश जाने कामदारसँग १० हजार भन्दा बढी शुल्क लिन नपाउने सम्झौतालाई उल्लंघन गर्दै म्यानपावर सञ्चालकले अब सरदर एक महिनाको पारिश्रमिक बराबरको रकम लिन पाउनुपर्ने माग राखेपछि आन्दोलन अझै केहि दिन लम्बिने देखिएको छ ।

म्यानपावरहरुले १० हजारमा कामदार पठाउन नसक्ने भन्दै कामदारले विदेशमा कमाउने एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राखेका छन् । ब्यबसायीहरुले एक महिनाको तलब बराबरको सेवा शुल्क उठाउन पाए वैदेशिक रोजगार व्यवसाय आफै व्यवस्थित र मर्यादित हुने दावी गर्छन् । उनीहरुले यस्तो नियम लागु भए आफुहरुले विदेश जाने कामदारहरुसँग बढी पैसा नअसुल्ने दावी गरेका छन् ।

बैदेशिक रोजगार ब्यबसायी संघले कामदारको एक महिनाको तलब सेवासहित लिन पाउने व्यवस्था भए बढी रकम उठाउने म्यानपावरलाई आफैले पनि कारबाही गर्ने र सरकारलाई कारबाहीको सिफारिस गर्ने बताउंदै आएको छ ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia