malaysia_prime_minister

०१ चैत्र, काठमाडौं । मलेसियाका प्रधानमन्त्री नजीब रजाकलाई प्रश्न सोध्ने कोसिस गर्दा अष्ट्रेलियाली पत्रकार र क्यामरामेन पक्राउ परेका छन् ।अष्ट्रेलियाली च्यानल एबीसीका पत्रकरा लिन्टन बेसर र लुई इरोग्नेलले शनिबार प्रधानमन्त्री नजीब रजाकसँग भ्रष्टाचारसम्वन्धी आरोपबारे प्रश्न गर्न खोजेका थिए ।

रजाबले आरोप अस्वीकार गर्दै आएका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कोशिश गर्दा प्रहरीले उनीहरुलाई पक्रा गरेको तर, आरोप नलगाइ छाडेको छ । तर, उनीहरु अहिले देश बाहिर जान सक्दैनन् ।

अष्ट्रेलियाका विदेशमन्त्री जुली बिशपले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेका छन् । साथै उनले यो विषय मलेसियाली अधिकारीहरुसमक्ष उठाउने समेत बताएको बीबीसीले जनाएको छ ।

मलेसियाका उपविदेशमन्त्री अहमद जाहिद हमीदीले भने आफ्नेा देशले मिडियाको काममा अवरोध नगर्ने बताएका छनु । तर, विदेशी मिडियाले पत्रकारिताको नैतिकता पालना गर्नु पर्ने उनले बताए ।

मलेसिया प्रहरीले भने प्रधानमन्त्रीसम्म पुग्न पत्रकारहरुले सुरक्षा घेरा तोडेको बताएको छ । तर, एबीसी च्यानलले भने यो आरोप अस्वीकार गरेको छ ।मलेसियाका प्रधानमन्त्री नजीब रजाकमाथि ६८.१ करोड डलर भ्रष्टाचार गरेको आरोप लागेको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia