tractor_overturn_durghatna

३० फागुण, नयाँ दिल्ली । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएको छ । यस दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्. । सो दुर्घटना ३५ यात्रु बोकेको एक ट्याक्टर २० मिटर गहिराई खसेपछि भएको बताइएको छ । मासीसागर जिल्लामा भएको यस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia