सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा

सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।पूर्व–पश्चिम र...

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा
इटहरी । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर (छाती) जोडिएका शिशु जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्ट...

सिरहाका राजमार्गमा ड्राेजर चल्दा व्यवसायीहरू क्राेधित : सडक बिस्तारमा अवराेध

सिरहाका राजमार्गमा ड्राेजर चल्दा व्यवसायीहरू क्राेधित : सडक बिस्तारमा अवराेध
सिरहा । सिरहा–माडर–चोहर्वा सडकखण्ड चार लेनमा विस्तार गर्न सिरहा नगरपालिकाले डोजर लगाई मापदण्डविपरीत सडकमा पर्ने अतिक्रमित संरचना हटाउन सुरु गरेपछि सिरहाका व्यापारी आन्दोलित भएका छन् ।सडक विस्तारको विरोध गर्दै व्यापारीले सिरहा बजारमा टायर बाली प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ सिरहाका महासचिव सत्यनारायण महतोले सडक विस्तारको विरोधमा बजार बन्द गरी प्रदर्शन गरिरहेको बताए । उनले पटक पटक व्यापारीक...

बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित

बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित
बारा । बारा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको ...

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’
जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ। वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ। त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपम...

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
सिरहा । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा ब...

बाघले लगेकी महिला अझै भेटिइनन्

बाघले लगेकी महिला अझै भेटिइनन्
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघले लगेकी महिला अझै भेटिएकी छैनन् । शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् । शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए । शुक्रबार बिहान ११ बजेतिर चार-पाँच जना महिलासँगै घाँस काट्न गएका बेला च...

तराईका जिल्लामा तातो हावा : चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउन आग्रह

तराईका जिल्लामा तातो हावा : चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउन आग्रह
काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर  सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका  छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्...

पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा

पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको ‘सिर्सिया नदी प्रदूषण नियत्रन्त्रण अभियान’मा बारा, पर्साका उद्योगीहरुले पनि सघाउने भएका छन् । पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा ल्याउने निर्णयमा उनीहरु पुगेका छन् । विशेषगरि छाला, पेन्ट, तेल घ्यू उद्योगबाट निस्कने पानी प्रशोधन नगरी खसालिदिंदा नदी प्रदूषित भएको  छ । वीरगञ्ज महानगरपालिकाका उपमेय...

नेपाल टेलिकमले वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता

नेपाल टेलिकमले वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता
वीरगञ्ज । नेपाल टेलिकमले चैत २७ गतेसम्म वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता जनाएको छ । वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयले चैत २७ गतेसम्म काम सक्काउने प्रतिबद्धता जनाएपछि महानगरले मंगलबार खसाएको फोहोर पनि उठाएको छ । टेलिकमका कर्मचारीले बिहान कार्यालयमा आएर लिखित जानकारी गराएलगत्तै मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए । बिहान १० ब...
trusted online casino malaysia