धनुषाकाे बसही खोलाले पति–पत्नी दुवैलाई बगायो

धनुषाकाे बसही खोलाले पति–पत्नी दुवैलाई बगायो
धनुषा । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा बाढी आएको छ। बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडे...

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न माग

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न माग
पर्सा । वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले संघ सरकारलाई अपिल गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले संघ सरकारलाई यस्तो आग्रह गरेका हुन् । का...

सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते

सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते
सर्लाही । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुम...

ससुराली पुगेर श्रीमतीकाे हत्या, भारतीय नागरिक पक्राउ

ससुराली पुगेर श्रीमतीकाे हत्या, भारतीय नागरिक पक्राउ
बारा । बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन् ।उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो ...

सिराहामा आफ्नै घरको शौचालयमा महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

सिराहामा आफ्नै घरको शौचालयमा महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप
सिरहा । सिराहामा एक महिला आफ्नै घरको शौचालयमा मृत भेटिएकी छन् । सिराहाको कर्जन्हा नगरपालिका–११ हटलेटवा बस्ने स्थानीय धनिकलाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्षअघि किशोरी उमेरमै बिहे गरेकी शान्तिको २ वर्षीया छोरी छन् । घटनाबारे राति २ बजेतिर प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले ...

जनकपुर–जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा

जनकपुर–जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा
जनकपुर । जनकपुरधाम–जयनगर रेल सेवा आज (आइतबार) देखि विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् । उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको...

सिराहको मिर्चैयामा सुरक्षा गार्डको निर्मम हत्या

सिराहको मिर्चैयामा सुरक्षा गार्डको निर्मम हत्या
सिराह । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयवाट कुक...

गर्मीले सिराहाकाे जनजीवन कष्टकर , लाहानमा आजबाट बिद्यालय बन्द

गर्मीले सिराहाकाे जनजीवन कष्टकर , लाहानमा आजबाट बिद्यालय बन्द
सिरहा। पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहासहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ।करिव एकसातादेखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो।एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउँछन्।एकातिर दे...

विजुलीको पोलमा ‘हुकिङ’ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु

विजुलीको पोलमा ‘हुकिङ’ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु
राजविराज । राजविराजस्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलको लापरबाहीका कारण शुक्रबार बिहान करेन्ट लागेर एक विद्यार्थीको ज्यान गएको छ ।विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको क्रममा विद्युत्को पोलमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर कक्षा १० मा अध्ययनरत पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रमम...

सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा

सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।पूर्व–पश्चिम र...
trusted online casino malaysia