धनुषाको कौचरीबाट मिथिला माध्यमिक परिक्रमा सुरु

धनुषाको कौचरीबाट मिथिला माध्यमिक परिक्रमा सुरु
धनुषा । १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । कौचरीक...

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी
सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्म जस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार...

राैतहटमा कर्फ्यू लगाएरै भएपनि सरस्वतीको मूर्ति विसर्जन गर्ने , एकै ठाउ खटिए तीन डीआईजी

राैतहटमा कर्फ्यू लगाएरै भएपनि सरस्वतीको मूर्ति विसर्जन गर्ने , एकै ठाउ खटिए तीन डीआईजी
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मूर्ति बिसर्जन गरिने निर्णय गरिएको छ । निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीन जना डिआईजी रौतहटका परिचालित भएका छन् । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई का...

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ
सिरहा । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटन...

सिराहाबाट पेस्तोलसहित एकजना पक्राउ

सिराहाबाट पेस्तोलसहित एकजना पक्राउ
सिरहा । सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि  सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो । 

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली, हेर्नेहरुको घुइँचो

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली, हेर्नेहरुको घुइँचो
सिरहा । सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेकोे गुलाबी र पहेंलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो...

सप्तरीको कंकालिनी नगरपालिकामा मेयर र उपमेयर बिच बढ्दै विवाद : मेयरविरुद्ध फाँट-फाँटमा बुझाइयो ध्यानाकर्षण पत्र

सप्तरीको  कंकालिनी नगरपालिकामा मेयर र उपमेयर बिच बढ्दै विवाद : मेयरविरुद्ध फाँट-फाँटमा बुझाइयो ध्यानाकर्षण पत्र
सप्तरी । आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको माँगसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले सोमबार नगरपालिकाको फाँट फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएका छन् । उपमेयर सरिता देवी यादव सीपलियाको नेतृत्वमा पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा पालैपालो यसरी ध्यानाकर्षण...

सिरहा गोलबजारकाे ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा गोलबजारकाे ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृहको भौतिक संरचना (बर्थिङ सेन्टर) जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूति गृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्क...

तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे वडा कार्यालयमा तालाबन्दी, सडक बन्द

तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे वडा कार्यालयमा तालाबन्दी, सडक बन्द
जनकपुरधाम । वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि हिजोआज मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ । तर वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । महोत...

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी
जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।...
trusted online casino malaysia