इनरुवामा आठ जना साहित्यकारलाई सम्मान

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान
इनरुवा। सुनसरीको इनरुवामा साहित्यकारहरुको संस्थाको रुपमा रहेको “सिर्जनामा इनरुवा” नामक संस्थाको वार्षिकोत्सब तथा सधारण सभामा रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुनुभएको छ । लघु कथाकार एवम् गोरखापत्र दैनिकमा भाषा सम्पादनमा समेत आवद्ध रहनुभएका मृदुल पुरस्कृत हुनुभएको हो । सोही कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव साहित्य पत्रकार सम्मानबाट सम्मानित हुन...

बर्बरिकले मृत्यु माग्दा सबैका आँखा रसाए, बिराटचाैकमा भरत गुरागाइकाे एकल कविता वाचन र नाट्य प्रस्तुती

बर्बरिकले मृत्यु माग्दा सबैका आँखा रसाए, बिराटचाैकमा भरत गुरागाइकाे एकल कविता वाचन र नाट्य प्रस्तुती
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा कवि भरत गुरागाईँ बर्बरिकले साङ्गीतिक रूपमा अभिनय सहितको कविता वाचन गर्दा सुकुना क्याम्पसको माहाेल एकाएक कवितामय बन्यो । विराट साहित्य समाज सुन्दरहरैंचाद्वारा आयोजित बर्बरिककाे बेजोड प्रस्तुतिमा अभिनय सहितको एकल कविता वाचनले उपस्थित सबैको मन छोयो। नयाँ आयाम र शैलीका साथमा सङ्गीतले भरिएको मार्मिक कविता रसपानले सबैको आँखा रस...

इनरुवामा कवि गोष्ठी सम्पन्न

इनरुवामा कवि गोष्ठी सम्पन्न
इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज...

आज २१० औं भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

आज २१० औं भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज (शुक्रबार) २१०औं भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । १८७१ असार २९ गते...

हिंसामा परेका ३ युवतीको कथा कौशी थिएटरमा

हिंसामा परेका ३ युवतीको कथा कौशी थिएटरमा
काठमाडौं । काठमाडौंको एउटा फ्ल्याटमा तीन जना युवती भाडामा बस्छन्। एक–अर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन्। तर पनि सँगै बस्न बाध्य छन्।आफ्नो रूचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ।योसँगै उनीहरूको विगत किताबको पानाझैँ पल्टिँदै जान्छन् जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खल्छ। एक दिनक...

भक्तपुरको बिस्केट जात्रामा बिहानैदेखि दर्शनार्थीको भिड : आज लिङ्गो ढालिँदै

भक्तपुरको बिस्केट जात्रामा बिहानैदेखि दर्शनार्थीको भिड : आज लिङ्गो ढालिँदै
भक्तपुर । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज (शुक्रबार) लिङ्गो ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ ।भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भिड लागेको छ ।...

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने
इटहरी । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिनुभयो ।उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्...

इलाममा २ दिने साहित्य महाेत्सव सम्पन्न

इलाममा २ दिने साहित्य महाेत्सव सम्पन्न
इलाम । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्...

कविता एक, सन्दर्भ अनेक

कविता एक, सन्दर्भ अनेक
कविता एक, सन्दर्भ अनेक म त हार्न रुचाउने मान्छे, तिमिले जिताईदियों म नचाहँदा नचाहँदै तिमि एक्कासि रिसाइ दियौं । तिमीलाई त देउता ठान्थे, तिमीलाई नै सबथोक मान्थे के गल्ती गरे र हजुर कहिल्यै नभरिने गहिरो घाउ दियों आशाको दियोमा निराशाको बादल मडारिन थालिसको नाता अनि सम्बन्धको बन्धनमा फाटोको छाप बजारिन लागिसको जिन्दगी जिउने बहानामा अनेक सम्बन्ध गाँस्नैपर्छ एउटा सम्बन्ध बलियो बनाउ...

कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ सार्जजनिक

कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ सार्जजनिक
विराटनगर। कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजनिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर महानगरपालिका-३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्तरूपमा सो कृतिको विमोचन गरेका हुन् । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डार...
trusted online casino malaysia